बि.स. : २०८३ कार्तिक २१, शुक्रबार

शपथ पछि यादवले भने मन्त्री छिटै बन्नै

Aarya News 3030  पटक हेरिएको

काठमाडौं। बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ लिएका  छन्। मंगलबार सिंहदरबारमा यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

शपथपछि यादवले मुलुकलाई अघि बढाउनका लागि सरकारको स्थायीत्व आवश्यक भएको र सरकारले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए। उनले जसपाबाट चाँडै नै सरकारमा प्रतिनिधि पठाउने बताए।

दलहरूबीच राष्ट्रिय समझदारी बनाएर मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने उनको भनाइ छ।

सांसद यादवले संसदीय समितिलाई क्रियाशिल बनाएर संसदलाई गतिशिल बनाउनुपर्ने धारणा राखे। यादव बैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट बिजयी भएका थिए।

प्रकाशित मिति: २०२३-०५-०२ , समय : १४:४२:३६ , ४ वर्ष अगाडि

error: Content is protected !!