बि.स. : २०८३ बैशाख १४, मंगलबार

सशस्त्र प्रहरी बल गुल्म रानीको निरीहता प्रदर्शनले भारतीय गाडीलाई समस्या

मधु सुधन ज्ञवाली 2179  पटक हेरिएको

विराटनगर। विराटनगर – जोगवनी जोन क्षेत्र रानी तर्फलाई संवेदन शिल रुपमा हेरिने गरेको छ। भारत जोगवनीबाट आउने भारतीय सवारी साधनलाई एक छिन उक्त एरियामा राख्न दिई भारतीय सवारी साधनलाई नेपाल आउन लाग्ने दस्तुर लिई नेपाल प्रवेश गर्न दिने गरिन्छ।

तर शनिवार उक्त एरियामा भारतीय सवारी साधन भन्दा बढी नेपाली सवारी साधनलाई पार्किंग गर्न दिने र जोगवनी बजार गई सामान ल्याउन सहज बनाउने काम भएको छ। जब की उक्त क्षेत्रमा नेपाली सवारी साधनलाई पार्किङ्ग गर्न निषेध गरिए पनि अरु बेला दुइ चार वटा सवारी साधन देखिन्थे तर शनिवार १ सय भन्दा बढी सवरी साधन मोटर साइकल र अन्य गाडी राखिएको थियो।

यसबाट भारतीय सवारी साधनहरुलाई सुविधामा नेपाल प्रवेश गर्न कठिनाई भएको थियो । उक्त एरिया रेखदेख संरक्षण गर्ने काम सशस्त्र प्रहरी बल गुल्म रानीको हो। उक्त निकायले निरीहता प्रदर्शन गरेको कारण भारतीय गाडीलाई समस्या भएको थियो ।

यस बिषयमा सशस्त्र प्रहरी बल गुल्म रानी को प्रहरी प्रमुखलाई सम्पर्क गर्न खोज्दा सम्पर्क आउनु भएन ।

नेपाल बाट जोगवनी सामान किनेर ल्याउने क्रम बढी रहेको छ। नेपाली हरु भारत को जोगवनी बजार किन जान्छन जानुको कारण के हो ? यस बिषयमा नेपाल सरकारबाट अध्ययन गरि नेपालीहरुले नेपाल मै समान किन्ने अवस्था सिर्जन गर्नु जरुरि छ।

प्रकाशित मिति: २०२३-०५-०१ , समय : ०८:१५:५० , ३ वर्ष अगाडि

error: Content is protected !!