बि.स. : २०८३ आषाढ ०६, शनिबार

मेयर हर्क सम्पाङको चेतावनी: मेयर बलेन साहको समर्थन

Aarya News Desk 3508  पटक हेरिएको

देवानगञ्ज । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राईले आगामी बजेटमा कोशीको पानी ल्याउने ‘प्रोजेक्ट’ नल्याए सांसदहरुको लागि धरान निषेध गर्ने चेतावनी दिएका छन्। मेयर साम्पाङ सांसदहरुलाई फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।

‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्युहरुलाई धरानमा निषेध गरिनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तल तीनकुनेमै बोर्ड राखिनेछ, फोटोसहितको। ख्याल नठान्नु होला।’

मेयर साम्पाङको उक्त चेतावनीलाई काठमाडौँ महानगर पालिकाका मेयर बलेन साहले समर्थन गरेका छन्। मेयर साहले पूर्ण समर्थन गर्दै गर्ने यहि हो लेखिएको छ।

साम्पाङले धरानको मेयर बनेसँगै कोशीको पानी धरानमा ल्याउने अभियानको सुरुवात गरेका थिए। उनले श्रमदानबाटै उक्त परियोजनाको धेरै काम सकेका छन्।

प्रकाशित मिति: २०२३-०४-१५ , समय : २१:५१:२४ , ३ वर्ष अगाडि

error: Content is protected !!