बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

पुर्व राजा ज्ञानेन्द्र शाह सोमबार इटहरी आउँदै

Aarya News 3612  पटक हेरिएको

विराटनगर। पुर्व राजा ज्ञानेन्द्र शाह सनातन धर्म सम्यता संसकृतिको रक्षाको लागि आयोजना गरिने महा शिव गंगा आरती कार्यक्रममा सहभागी हुनु हुने भएको छ।

सुनसरीको इटहरीमा रहेको बुढी गंगा स्थलको गंगा जमुना मुक्ति घाटमा गरिने महा शिव गंगा आरती कार्यक्रममा सोमबार सहभागी हुनु हुने भएको हो।

पुर्व राजा ज्ञानेन्द्र शाहलाई सो कार्यक्रकममा ल्याउने र वहाँ लाई भव्य स्वागत गर्ने स्थानीयवासिन्दाले ठुलो मेहनेत गरेका छन्। सोमबार साँझ पुर्व राजालाई उक्त स्थानमा ल्याउनको लागि सम्पूर्ण तयारी पूर्ण भइसकेको नेपाल विध्दत परिषदका केन्द्रिय उपाध्यक्ष बल्लभ प्रसाद दाहालले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १२:०८:४२ , ३ वर्ष अगाडि

error: Content is protected !!