बि.स. : २०८३ बैशाख १४, मंगलबार

जंगली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु

Aarya News 2449  पटक हेरिएको

सर्लाही। सर्लाहीको बलरामा जंगली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५ कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय पासोमा परेर मृत्यु भएको हो ।

महतो राति पिसाब फेर्न छिमेकीको मकैबारी जाने क्रममा बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जंगली जनावरले बाली नष्ट पार्न थालेपछि सर्लाहीका किसानले बाली जोगाउन विद्युतीय पासो तथा जालीको प्रयोग गर्दै आएका छन् । तर बाली जोगाउन खेतबारीमा करेन्ट प्रवाह हुँदा बर्सेनि मानिसको मृत्यु हुँदै आएको छ । पछिल्लो समय वन जंगल संरक्षण हुन नसक्दा जंगली जनावरहरु किसानको खेतबारीमा पस्ने गरेका छन् । वनमा बर्सेनि लाग्ने डढेलोले पनि जनावरहरु किसानको खेतबारीमा पसिरहेका छन् ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १३:२५:०५ , ३ वर्ष अगाडि

error: Content is protected !!