बि.स. : २०८२ चैत्र २७, शनिबार

एमालेले प्रचण्डलाई विश्वासको मत नदिने

Aarya News Desk 2524  पटक हेरिएको

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । संसद् बैठकअघि नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठक बसेको हो । आजको संसद् बैठकबाट प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ प्रचण्डले विश्वासको मत लिँदैछन् ।

एमालेले प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओ‌लीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका हुन्। ओलीले भने,’ प्रचण्डमाथि विश्वास नभएकाले विश्वासको मत दिन सकिदैन।’

 

प्रकाशित मिति: २०२३-०३-२० , समय : १३:१८:३८ , ३ वर्ष अगाडि

error: Content is protected !!