बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

गोपाल राइस मिलका संचालक सदस्य साह शंकाको घेरामा

Aarya News Desk 948  पटक हेरिएको

विराटनगर। गोपाल राइस मिलका संचालक सदस्य अमित साहलाई नियमनकारी निकायले शंकाको घेरामा राखेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङ र वाणिज्य कार्यालय मोरङले अनुगमन गर्ने क्रममा भारतीय विभिन्न ब्राण्डको चामलको बोरा भित्र चामल पैकीङ्ग गरि बजार ल्याएको फेला पारेको छ। निजले नेपालमा चामललाई प्रिन्ट गरिएको भारतीय चामलको वोरामा उक्त चामल , हालि नियम विपरित कार्य गरेको फेला परेको छ।

१२५ बोरा भारतीय प्राण्डको चामल र ट्याक्टरलाई विराटनगरको भन्सार कार्यालयमा बुझएको छ।

निजले विगत‌मा आफ्नो उद्योगले जिरा मसिना स्टिम चामल उत्पान गर्ने कुरा बाहीर ल्याइ भारतबाट चामल ल्याएर आफ्नो उद्योगको बोरामा पैकिङ्ग गरेर बजारमा ल्याउने गरेका थिए।

निजले अवैध बाटोबाट ल्याएको भारतीय चामल खरीद गरी बिक्रि गर्ने गरेको हुनु आशंका सर्वेश गर्न थालीएको छ। निज साहले रकम तिरेर आफु छुट्ने कुरा आफन्तलाई बताउदै आएका हुन्।

यस विषयमा विराटनगर भन्सार कार्यालय र वाणिज्य कार्यालय मोरङले आ- आफ्नो किसीमले अनुसन्धान गरि रहेको कुरा साह निकट सुत्रले बताएको छ। यस घटनाको विषयमा गोपाल राइस मिलका संचालक सदस्य अमित साहसंग सम्पर्क गर्न खोज्दा वहाँ सम्पर्कमा चाहनु भएन ।

भारतीय ब्रान्डको चामल भनेर बोरामा गोपाल राइस मिल बोरा बाहिर ल्याउने गरिएको हुनु पर्ने आशंका सकोकारवाला निकायले गरिएको छ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : २०:३७:५९ , २ वर्ष अगाडि

error: Content is protected !!