बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न किरियापुत्री सांसद जहाज चढेर काठमाडौं

Aarya News 5280  पटक हेरिएको

काठमाडौँ । आफ्ना बाबुको निधनमा किरियामा बसेका गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि काठमाडौं गएका छन्। बरालका पिता लोकनाथको २६ फागुनमा निधन भएको थियो।

काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत शुक्रबार बिहान काठमाडौं उडेका हुन्। कास्की ३ (ख) बाट विजयी नेपाली कांग्रेसका सांसद बराल शुत्ररबार १० बजेदेखि ३ बजेसम्म हुने मतदान सकेर पोखरै फर्कने छन्।

उपराष्ट्रपति निर्वाचनका लागि गण्डकी प्रदेशका अधिकतर सांसद भने बिहीबारै काठमाडौं गएका थिए।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १३:०५:४३ , ३ वर्ष अगाडि

error: Content is protected !!