बि.स. : २०८२ माघ २७, मंगलबार

सार्वजनिक खरिद ऐनको आडमा टेण्डर बिना कोटेसनमा समान खरिद

मधु सुधन ज्ञवाली 2727  पटक हेरिएको

विराटनगर। विराटनगर महानगर पालिका द्वारा खरिद गरिने समान हरु टेण्डर बिना नै खरिद गर्ने गरेको छ। यसरि खरिद गर्दा महानगर पालिकाका केहि व्यक्तिहरुले अधिक लाभ प्राप्त गर्न सक्ने आशंका स्थानीय केहि जनप्रतिनिधिहरुले व्यक्त गर्न थालेका छन्।

महानगर पालिकाले पालिका भित्र रहेको खाल्डोहरु पुर्नको लागि चाहिने गिट्टीको टेण्डर गर्नु पर्नेमा सो नगरिकन कोटेसनमा काम गराउने गरेको छ।

एक करोड ५० लाख जति गिट्टीको टेण्डर आवहान नगरिकन त्यसलाई १५ टुक्रा गरि १० / १० लाखको कोटेसन दिएको हुँदा यसमा ठुलो चलखेल हुन् सक्ने बताइन्छ। विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले नेतृत्व समाले पछि कोटेसनमा काम हुने गरेको बताइन्छ।

यस विषयमा महानगर पालिकाको सुचना अधिकृत अनिता कोइराला संग जिज्ञासा राख्दा महानगर पालिका भित्र रहेको खाल्डोहरु पुर्नको लागि चाहिने गिट्टीको टेण्डर नलगाई कन कोटेसनको आधारमा खरिद गर्ने गरेको बताउनुभयो।

महानगर पालिका सार्वजनिक ऐन एवं नियमावली अनुसार खरिद गरिएको कुरा महानगर पालिकाका कार्यकारणी अधिकृतिले आफुलाई जानकारी गरएको कोइरालाले बताउनुभयो।

महानगर पालिका भित्र सडक बत्तिको समान पनि कोटेसन मै खरिद गर्ने गरेको बताइन्छ। सार्वजनिक खरिद ऐनको आडमा टेण्डर बिना कोटेसनमा समान खरिद गर्ने हुँदा यस तर्फ तह गत शाखाहरुले अनविज्ञता प्रकट गर्न थालेका छन्।

प्रकाशित मिति: २०२३-०३-१२ , समय : २०:५१:०९ , ३ वर्ष अगाडि

error: Content is protected !!