बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

हुलास चौकमा एक जना मानिसको शव फेला

Aarya News 1520  पटक हेरिएको

विराटनगर । विराटनगर वडा नम्बर १५ स्थित हुलास चौकमा एक जना मानिसको शव फेला परेको छ ।

घटना हुलास मेटल क्राफ्ट नजिकै को हो जहाँ नालामा लडिरहेको अवस्थामा अन्दाजी ६० वर्ष उमेर भएको जस्तो देखिने एकजना पुरूषको शव फेला परेको हो ।

विहीवार विहान १०:३० बजे तिर स्थानीयले खाल्डोमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले शवको पहिचान लगाएतका अनुसन्धान प्रक्रिया गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको नेतृत्वमा घटनाको छानविन गरिरहेको छ र शवलाई पोस्टमार्टमको लागि कोशी अस्पताल लैजाने तयारी भईरहेको एक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-०९ , समय : १३:३६:३० , २ वर्ष अगाडि

error: Content is protected !!