बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

हाम्रो समाजको सामाजिक कार्य अग्रपंतिमा

Aarya News Desk 2848  पटक हेरिएको

विराटनगर। हाम्रो समाजले सडकलाई इवनिङ्ग जक्सन (Evening Juction )बनाउने भएको छ। विराटनगर वडा नम्बर ९ मा रहेको कलेज सडकलाई इवनिङ्ग जक्सन (Evening Juction )बनाउने भएको हो।

विराटनगर महानगर पालिकाको सहयोगमा हाम्रो समाजले उदाहरनिय कामको सुरवात गरेको छ। बिगत ३ वर्ष देखि आफ्नो टोल आफै बनाउ नाराको साथ उदाहरनिय काम गर्दै आएको हाम्रो समाजका समुहले कलेज सडकलाई इवनिङ्ग जक्सन (Evening Juction ) बनाउन सुरुवात गरेको हाम्रो समाजका अध्यक्ष तथा सामाजिक अभियन्ता अनुज सापकोटा (बब्लु)ले बताउनुभयो।

महानगरको १० लाखको लागतमा करिब ६ सय मिटर लामो सडकलाई रंगीचंगी पोल बत्ति ,नेपालको झन्डा ,पार्म रुख ,वाई फाई फ्री जोन ,संदेश मुलक बोर्ड ,स्ट्रिट लाइट लागयतका अन्य व्यवस्थापन सहित सौन्दर्यकारण गर्न लागेको अध्यक्ष सापकोटाले बताउनुभयो।
अध्यक्ष सापकोटाले यस सडकको उद्घाटन चाडे गर्ने बताउनुभयो।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : १९:४४:१७ , ३ वर्ष अगाडि

error: Content is protected !!