बि.स. : २०८३ बैशाख १५, बुधबार

लुटपाट गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ

Aarya News Desk 2416  पटक हेरिएको

काठमाडौं। काठमाडौंको धोविखोला करिडोरअन्तर्गत रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिलाई लुटपाट गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा पर्सा घर भई टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेको आरोपमा मोरङ सुन्दरहरैचाका रामबहादुर थापा पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

पक्राउ परेका थापाले बतिसपुतलीबाट ट्याक्सीमा राखेर एकान्त स्थानमा लगेर लुटपाट गर्दै कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ परेका थापाले खड्कालाई कुटपिट गरी सामान लिएर सख्त घाइते बनाएका थिए। सोही राति १० बजे पुनः थापा साइकल चढेर उक्त स्थानमा पुगेर दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सीसीटीभी फुटेजबाट देखिएको कार्कीले बताए।

पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०२-०९ , समय : १७:२७:३७ , ३ वर्ष अगाडि

error: Content is protected !!