बि.स. : २०८३ बैशाख १५, बुधबार

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन

Aarya News Desk 2268  पटक हेरिएको

काठमाडौं। नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ६ बजे राणाको निधन भएको हो। ९५ वर्षीय राणा निमोनिय संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए।

नेपाल राष्ट्र बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्। पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए।

१४ वर्षमा मेट्रिक पास गरेका उनी राष्ट्र बैंकको गभर्नरको नियुक्ति हुँदा २९ वर्ष पुगेका थिए। उनले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।

राणाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : १०:०२:१५ , ३ वर्ष अगाडि

error: Content is protected !!