बि.स. : २०८२ माघ २६, सोमबार

शुभम पावर कम्पनीको आईपीओ आजदेखि आवेदन दिन पाईने

Aarya News Desk 4052  पटक हेरिएको

विराटनगर। शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ)मा आजदेखि आवेदन दिन पाईने भएको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाट आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल छ।

प्रकाशित मिति: २०२३-०२-०१ , समय : ०८:३८:३८ , ३ वर्ष अगाडि

error: Content is protected !!