बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण

Aarya News Desk 1384  पटक हेरिएको

विराटनगर। १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा ज्ञवालीले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा ज्ञवालीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन साथै भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउनका साथै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।

 

प्रकाशित मिति: २०२३-०१-२४ , समय : २१:०१:१६ , २ वर्ष अगाडि

error: Content is protected !!