बि.स. : २०८३ आषाढ ०२, मंगलबार

भारतीय रूपैयाँ ११ वर्ष पछि पुन: विराटनगरमा अवमूल्यन

राजीव कुशवाहा 4058  पटक हेरिएको

विराटनगर। भारतको जोगवनी बजार नजिक रहेको कारणले गर्दा विराटनगरमा हुण्डीको कारोबार तिब्र गतिमा बढिरहेको छ।

मोरङ प्रहरीले हाले एक जनालाई नियन्त्र मा लिई थप छानबिन गर्ने क्रममा निजको घरमा समेत खान तलासी गर्ने क्रममा विभिन्न बैङ्कहरूको चेक बुक एटिएम् कार्ड बैङ्क भोचर समेत बरामत गरिएको थियो। यो हुण्डीको एक अंश हो।

अहिले विराटनगरमा भारतीय रूपैयाँको मूल्य घटैर गएको छ।यहाँका मनिचैन्जरहरूलाई १ सय ५७ रूपैयाँ नैरू लिएर १ सय भारतीय रूपैयाँ दिनै गरेका छन्। यस कारण विराटनगरमा भारतीय रूपैयाँको अवमूल्यन भएको छ।

भारतीय रूपैयाँको यो अवस्था ११ वर्ष अगाडी रहेकोमा पुन: ११ वर्ष पछि यो अवस्था आएको हो। निर्वाचनको समयमा निर्वाचनमा सहभागी भएका केही दलका नेताहरूलाई भारतीय पक्षले ठूलो मात्रामा भारतीय रूपैयाँ उपलब्ध गराइएको कारण भारतीय रूपैयाँले विराटनगरलाई आफ्नो नियन्त्रणमा लिएको हुनसक्ने अनुमान केही जानकारीहरूले गरेका छन्।

मोरङ सुनसरी करिडोर उद्योगमा काम गर्ने अधिकांश भारतीय मजदुर एवं कामदारहरूले भारतीय रुपैयाँ मै आफ्नो तलब र सुविधा लिने गरेका छन्। उनीहरुलाई तलब दिन सजिलो होस् भनेर भारतीय रूपैयाँको जगेडा यहाँका व्यापारीहरूले पनि गर्ने गरेका बताइन्छन।

यो अवस्था भारत संग सिमा जोडेको अधिकांश नेपाली भूभाग हरूमा कायम न होला भन्न सकिदैन। यो अवस्था किन आइरहेको छ? नेपाली रूपैयाँ भन्दा भारतीय रूपैयाँ बढी बजारमा किन भेटिन्छ? यस तर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : ०९:५६:५५ , ३ वर्ष अगाडि

error: Content is protected !!