बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

आक्रमणकारीले गोली प्रहार गर्दा १० जनाको मृत्यु

Aarya News Desk 3100  पटक हेरिएको

न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा सन्दिग्ध आक्रमणकारीले गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ।

क्यालिफोर्नियास्थित लस एन्जलिसनजिकै एउटा व्यापारिक भवनको‌ परिसरमा स्थानीय समयानुसार शनिबार राति १०:२० गोली हानिएको थियो।

लुनार नयाँ वर्षका अवसरमा आयोजना भएको मेलामा अन्धाधुन्ध गोली हानिएको प्रहरीले जनाएको छ। प्रहरीले कति जना घाइते भएका छन् भन्ने उल्लेख गरेको छैन।

प्रकाशित मिति: २०२३-०१-२२ , समय : १९:३०:१८ , ३ वर्ष अगाडि

error: Content is protected !!