बि.स. : २०८२ चैत्र २१, आइतबार

प्रधानमन्त्री ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले अङ्गदान गर्ने

Aarya News Desk 2627  पटक हेरिएको

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गरेका थिए। यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरे।

प्रकाशित मिति: २०२३-०१-२० , समय : ११:४१:५२ , ३ वर्ष अगाडि

error: Content is protected !!