बि.स. : २०८२ माघ २६, सोमबार

घरमा जुवातास खेल्दै गरेका पूर्व वडाध्यक्ष सहित १० जना पक्राउ

Aarya News Desk 2334  पटक हेरिएको

वीरगन्ज। पर्साको पर्सागढी नगरपालिका-३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन्।

सोमबार दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।

साहको घरमा सोमबार दिउँसो प्रहरीले छापा मारेर पूर्व वडाध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरी लगायत १० जना जुवाडेलाइ पक्राउ गरेको हो।

उनीहरूको साथबाट १ लाख २८ हजार १ सय ४० रुपैयाँ नगद, ४ बुक ताससमेत बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

पक्राउ परेका जुवाडेहरुलाइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले बताए।

प्रकाशित मिति: २०२३-०१-१६ , समय : १९:१४:४३ , ३ वर्ष अगाडि

error: Content is protected !!