बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन

राजीव कुशवाहा 2370  पटक हेरिएको

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाका युवाहरु मेनपावर एजेन्ट विजय मेहता विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सामुहिक निवेदन दिएका छन्। इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका निवासी मेनपावर एजेन्ट विजय मेहताले वैदशिक रोजगारका नाममा ठगीमा परेपछि मेहता विरुद्ध सामुहिक निवेदन दिएका हुन् । मेहता हाल काठमाडौँमा बसोवास गरि रहेका छन्।

मेहताले देवानगञ्ज गाउँपालिका (साबिक राजगंज सिनुवारी र मध्यहर्षाही)का २३ जना युवाहरुलाई वैदशिक रोजगारका नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप निवेदनकहरुले बताउनुभयो। ठगीमा परे पछि एजेन्ट मेहता संग पटक पटक सम्पर्क गर्दा आज भोलि भन्दै आलटाल मात्र गरेको र कुनै चासो नदेखाएको युवा दिपक मेहताले बताउनुभयो। स्थानीय मिडियाहरुमा पनि कुरा राख्दा मेहताले कुनै किसिको प्रतिक्रिया नदिए पछि सामुहिक निवेदन दिन वाध्य भएको युवा मेहताले बताउनुभयो।

मलेसिया गएका युवाहरुले कम्पनीको एग्रिमेन्ट अनुसार तलव सेवा सुविधा नपाएको, विच्चलीमा परेको भन्दै एजेन्ट मेहतालाई बारम्बार गुनासो गरेपनि मेहताले आलटाल मात्र गर्नेगरेको निवेदक मध्येका एक गणेश प्रशाद यादवले बताउनुभयो। यादवका आनुसार मेहताले द्धितिया इन्टरनेशनल मेनपावर कम्पनी मार्फत जनही ३/३ लाख रपैयाँ लिएर मलेसिया पठाएको र रोजगारमा गएका ती युवाहरु मलेशिया स्थित विच्चलीमा परेका छन् । मेहताले २३ सय मलेसियन रिङ्गेट तलव पाइने भन्दै विदेश पठायए पनि अहिले त्यहाँ त्यस्तो अवस्था नभएपछि उक्त निवेदन दायर गराउन बाध्य भएको यादवले बताउनुभयो ।

बिहिवार देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ का २१ जनाले सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सामुहिक निवेदन दर्ता गराएका छन् ।

सुनसरी स्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त निवेदनको सक्कल काकजात सहितको फाइल उक्त कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । निवेदन परेपछि अब सत्यतथ्य छानवीन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो। विभिन्न मिडियाहरुमा समाचार आउँदा हामीले यस बिषयमा चाँसो लिएका थिए तर निवेदन आए संगै प्रक्रियामा थालेको र आरोपितलाई पत्रचार गरिसकिएको समेत प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

त्यसै गरि जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभू ढकालले निवेदन आए लगतै प्रहरी द्रुतगतिमा कानुन अनुसार प्रक्रिया अघि बढाएको बताउनुभयो । ‘हामि सर्वसाधारणको न्यायका लागि अहोरात्र खटिरहेका छौं उहाँले बताउनुभयो ।

एजेन्ट मेहताले आफ्नो ब्यत्तिगत खाता मार्फत जनही २ लाख देखि ३ लाखसम्म भुक्तानी लिएको वैंक भौचर कागजात समेत निवेदन सँगै प्रस्तूत गरिएको छ ।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : २२:४५:१९ , २ वर्ष अगाडि

error: Content is protected !!