बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

Aarya News Desk 4204  पटक हेरिएको

कम्पाला। उत्तरी युगाण्डाको ओयाम जिल्लामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको छ।

राजधानी कम्पालाबाट गुलु जाँदै गरेको बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको मृत्यु भएको पाइएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनाको कारण बारे भने अनुसन्धान जारी छ। पछिल्लो समय यहाँ सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ।

प्रकाशित मिति: २०२३-०१-०६ , समय : १८:२८:२५ , ३ वर्ष अगाडि

error: Content is protected !!