बि.स. : २०८३ आषाढ ०८, सोमबार

नेपाली कांग्रेस पदाधिकारीको बैठक सभापति निवासमा बस्दै

Aarya News Desk 2948  पटक हेरिएको

काठमाडौं। नेपाली कांग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्दैछ।

संसदीय दलको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसले भोलि शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ। कांग्रेस संसदीय दलमा ८९ सांसद् छन्।

आजको बैठमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतको सहभागिता रहनेछ।

कांग्रेसले आगामी माघ २८ गतेलाई केन्द्रीय कार्यसमिती बैठक बोलाएको छ।

प्रकाशित मिति: २०२३-०१-०६ , समय : १८:१०:०३ , ३ वर्ष अगाडि

error: Content is protected !!