बि.स. : २०८३ आषाढ ०८, सोमबार

यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जना पक्राउ

Aarya News Desk 3299  पटक हेरिएको

काठमाडौं। उपत्यकामा रहेका यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जना पक्राउ परेका छन्।

यातायात कार्यालयहरूमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने पाँच जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिर्पोट बनाउने कार्यमा संलग्न दुई जना समेत गरी ७ जना पक्राउ परेका छन्।

आज काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, ठूलोभर्‍याङ र चाबहिलबाट पाँच जनालाई र फर्जि स्वास्थ्य परीक्षण रिर्पोट बनाउने कार्यमा संलग्न दुई जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूले यातायात कार्यालयहरुमा सेवाग्राहीहरूलाई सहजीकरण गरिदिन्छौं, छिटो छरितो रूपमा काम गरिदिन्छौं, नपुगेका कागजातहरू पुर्‍याइदिन्छौं भनेर विभिन्न प्रलोभनमा पारि हैरानी दिने गरेका थिए।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : २०:०५:२८ , ३ वर्ष अगाडि

error: Content is protected !!