बि.स. : २०८२ माघ २७, मंगलबार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने

Aarya News Desk 1853  पटक हेरिएको

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।

सरकारमा जसपा सहभागिता, पार्टीले निर्वाह गर्ने भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने/नहुने तय हुन बाँकी रहेको उनको भनाई छ।

आजको बैठकमा पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकका एजेण्डा पनि तय गर्ने उनको भनाई छ। बैठकले विधान महाधिवेशनबारे पनि छलफल गर्ने बताइएको छ।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : ११:३३:१२ , ३ वर्ष अगाडि

error: Content is protected !!