बि.स. : २०८२ माघ २७, मंगलबार

नवनिर्वाचित माननीयहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु

Aarya News 2553  पटक हेरिएको

विराटनगर ।प्रदेश सभाका नवनिर्वाचित माननीयहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। नवनिर्वाचित माननीयहरूलाई प्रदेशसभाको काम, कर्तव्य, अधिकार र संविधानको विषयमा विस्तृत रुपमा व्याख्या र जानकारी दिन अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। विराटनगरको ईष्टर्नस्टारमा प्रदेश सभा सचिवालयको आयोजना र प्रदेश सहयोग कार्यक्रम (PSP) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्बर १ को विराटनगरको सहयोगमा पुस १५ र १६ गते दुई दिन हुने। कार्यक्रमको उद्घाटन मुख्यमन्त्री राजेन्द्र कुमार राईले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश नम्बर १ को नवनिर्वाचित माननीयहरू र पत्रकारहरूको उपस्थिति रहेको छ।

प्रकाशित मिति: २०२२-१२-३० , समय : १६:२८:२५ , ३ वर्ष अगाडि

error: Content is protected !!