बि.स. : २०८२ माघ २७, मंगलबार

निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाडे

Aarya News Desk 1869  पटक हेरिएको

काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेका छन्।

देउवा बुधबार बिहान बालुवाटारबाट निस्किएका हुन्। बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकाले देउवा धुम्वाराहीस्थित भाडाको घरमा सरेका हुन्।

२०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि बुधबार मात्रै देउवाले बालुवाटारस्थित सरकारी निवास छाडेका हुन्।

प्रकाशित मिति: २०२२-१२-२८ , समय : १३:५५:२५ , ३ वर्ष अगाडि

error: Content is protected !!