बि.स. : २०८२ चैत्र १९, शुक्रबार

जसपा सरकारमा जाने-नजाने विषय बैठकपछि मात्र टुङ्गो लाग्ने

Aarya News Desk 2485  पटक हेरिएको

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सरकारमा जाने-नजाने विषय बैठकपछि मात्र टुङ्गो लाग्ने भएको छ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने नहुने तय हुन बाँकी रहेको जानकारी दिए।

उनका अनुसार पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठक सरकारमा जाने-नजाने टुङ्गो लगाउने बताए। जसपामा संसदीय दलको नेता चयन हुन बाँकी रहेको छ। जसपाको संसदीय दलको नेता को हुने टुंगो लाग्न सकेको छैन।

प्रकाशित मिति: २०२२-१२-२७ , समय : ०८:४८:१८ , ३ वर्ष अगाडि

error: Content is protected !!