बि.स. : २०८२ चैत्र १९, शुक्रबार

नाइजेरियाको वायुसेनाले हालै गरेको हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिए

Aarya News Desk 3318  पटक हेरिएको

बोर्नो। नाइजेरियाको वायुसेनाले उत्तरपूर्वी राज्य बोर्नोमा हालै गरेको हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिएका छन्।

बोको हरामका ‘कमाण्डर’ आफ्नो बोर्नोको एउटा गाउँमा सरेको र अन्य स्थानका चरमपन्थी लडाकूहरूसँगै बसेको गोप्य सूचनामा आधारित भएर वायु सेनाले गरेको कारबाहीमा ती लडाका मारिएका नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड ग्याब्क्वेटले बताएका छन्।

वायुसेनाले गरेको हवाई हमलाको पहिलो लहरमा दर्जनौं लडाका मारिएका, केही जीवित लडाका मारिएकाहरूको शव लिन आउँदा सेनाले गरेको अर्को कारबाहीमा उनीहरूपनि मारिएका उनले बताए।

दर्जनौंको अवस्था गम्भीर छ। सैनिक कारबाही सफल भएको तथा एक सयभन्दा बढी आतङ्ककारीलाई निष्प्रभावी गरिएको सैनिक प्रवक्ताले दाबी गरेका छन्। सेनाको यो कारबाहीले चाडपर्वको याम र आगामी आम निर्वाचनमा निर्दोष नागरिकमाथि आक्रमण गर्ने बोको हरामको क्षमतालाई क्षीण पारिएको पनि उनले बताएका छन्। रासस

प्रकाशित मिति: २०२२-१२-२७ , समय : ०८:४४:२७ , ३ वर्ष अगाडि

error: Content is protected !!