बि.स. : २०८२ माघ २७, मंगलबार

अर्थमन्त्रीमा पौडेलको चर्चासँगै सेयर बजारमा चमक देखिए

Aarya News Desk 2012  पटक हेरिएको

काठमाडौं। अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको चर्चासँगै सेयर बजारमा चमक देखिएको छ। एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ प्रधानमन्त्री बनेका हुन्।

माओवादी केन्द्रको नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको रुपमा पौडेलको नाम चर्चामा छ। कारोबार सुरु भएदेखि सोमबार नेप्से परिसूचक उकालो लागेको छ।

यो समाचार तयार पार्दासम्म (दिउँसो १ बजेसम्‍म) नेप्से ४५.४८ अंकले वृद्धि भइ १९१२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.६१ अंकले बढेर ३७२.६७ विन्दुमा पुगेको छ।

यस अवधिमा कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ। २३६ कम्पनीको २१ लाख ६२ हजार ७२२ कित्ता सेयर ८५ करोड ९४ लाख ७१ हजार ९८३ रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : १३:२२:४६ , ३ वर्ष अगाडि

error: Content is protected !!