बि.स. : २०८२ माघ २६, सोमबार

व्यापारीसँग नियन्त्रणमा लिएको सुन आफै राख्ने डीएसपी केसी पक्राउ

Aarya News Desk 2306  पटक हेरिएको

बुटवल। बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनका साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको प्रहरीले जनाएको छ ।

ठगबहादुर निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणको बलमा बुटवलमा रहदै आएका थिए ।

व्यापारीसँग सुन र पैसा लिएको विषयमा उजुरी परेको थियो । सोही अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालिएको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति: २०२२-१२-२६ , समय : ११:३२:१३ , ३ वर्ष अगाडि

error: Content is protected !!