बि.स. : २०८३ बैशाख १५, बुधबार

आज देशका तीनवटा प्रदेशमा वर्षा हुने

Aarya News Desk 2351  पटक हेरिएको

विराटनगर।आज शनिबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार रातको समयमा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-२४ , समय : ०९:३१:२९ , ३ वर्ष अगाडि

error: Content is protected !!