बि.स. : २०८३ बैशाख १६, बिहिबार

गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

Aarya News Desk 2535  पटक हेरिएको

वीरगन्ज। बारामा गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो।

महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल सवारमा दुई अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए।

उनको कोखामा एक राउन्ड गोली लागेको थियो। बाराको एलएस न्युरो अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा गरेका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : २०:४८:५२ , ३ वर्ष अगाडि

error: Content is protected !!