बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

भीषण वर्षापछिको बाढीमा परी पाँच जनाको मृत्यु ; ५६ हजार भन्दा बढी विस्थापित

Aarya News Desk 3704  पटक हेरिएको

सांकेतिक तस्बिर

क्वालालम्पुर। मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित भएका छन् ।

केलान्तानमा १७ हजार तीन सय २६ जना तथा तेरेन्गानु राज्यमा मा ३७ हजार सात सय ९२ जना विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका नदीमा पानीको सतहले खतराको स्तर नाघेको छ । पहाङ, जोहर र पेराक राज्य पनि बाढीबाट प्रभावित भएका छन् । रासस

प्रकाशित मिति: २०२२-१२-२१ , समय : १२:४७:२१ , ३ वर्ष अगाडि

error: Content is protected !!