बि.स. : २०८३ आषाढ ०९, मंगलबार

महामन्त्री गगन थापाले सरकारमा नजाने घोषणा गरे

Aarya News Desk 3162  पटक हेरिएको

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सरकारमा नजाने घोषणा गरेका छन्। बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताए।

उनले भने,’ कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरु जानुहुन्छ। पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ। मेरो सोचाइ पनि यही हो र म त्यसमै लागिरहन्छु।’

आगामी दिनमा संसदीय दलकै नेता बन्ने तयारीमा लाग्ने उनको भनाइ छ। थापाले मतपरिणामले आफू निराश नहुने बताए। उनले भने,’ म यो मतपरिणामले निराश हुन्न। बरु थप मिहिनेत गर्छु्। एउटा समय आउँछ साथीहरुले यसलाई महशुस गर्नुहुनेछ।’

थापाले पार्टीभित्र राष्ट्रपति,प्रधानमन्त्रीलगायत विभिन्न पदमा छलफल गरेर पारदर्शी ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए। पार्टीको संसदीय दल र आधिकारिक समिति वेगर छलफल भए त्यो व्यक्तिगत हुने उनको भनाइ छ।

उनले आजैबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए।

महामन्त्री थापा कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति देउवासँग पराजित भएका छन्। देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत प्राप्त गरे।

प्रकाशित मिति: २०२२-१२-२१ , समय : १२:२१:५३ , ४ वर्ष अगाडि

error: Content is protected !!