बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

भारतमा मोबाइल प्रयोगकर्ताको संख्या घट्न थाले

Aarya News Desk 3237  पटक हेरिएको

एजेन्स। भारतमा मोबाइल प्रयोगकर्ताको संख्या घट्न थालेको छ।

मोबाइल प्रयोगकर्ताको संख्या लगातार घट्दै गएको भारतीय दूरसञ्चार विनियामक प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार पछिल्लो दुई महिनामा मात्र ५४ लाख ७७ हजार मानिसले मोबाइल चलाउन छोडेका छन्।

प्राधिकरणको तथ्यांक अनुसार अक्टोवरमा मोबाइल प्रयोगकर्ता १ अर्ब १४ करोड ३६ लाख थिए। अगस्टमा यो संख्या १ अर्ब १४ करोड ९१ लाख थियो।

सेक्टेम्वरमा ३६ लाख ६४ हजार मोबाइल प्रयोगकर्ताले मोबाइल चलाउन छाड्दा मोबाइल चलाउनेको संख्या १ अर्ब १४ करोड ५४ लाख पुगेको थियो । अक्टोवरमा पनि १८ लाख १३ हजार प्रयोगकर्ता कम भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-२० , समय : १८:४५:५६ , ३ वर्ष अगाडि

error: Content is protected !!