बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

विषाक्त मदिरा सेवन गर्दा कम्तिमा ३७ जनाको मृत्यु

Aarya News Desk 4184  पटक हेरिएको

नयाँ दिल्ली। भारतको बिहारमा विषाक्त मदिरा सेवन गरेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । बिहारमा अहिले रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको उल्लेख गरेका छन् ।

भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेका ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउने गरेको बताएका छन् ।

त्यसपछि धेरैले पेट दुख्ने, दृष्टि गुम्ने र बान्ता हुने गरेको बताएका छन् । बिहीबारसम्म २० भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको थियो र शनिबार झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्।

गत ४८ घण्टामा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका प्रहरी अधिकारीले बताए। अहिलेसम्म ३७ जनाको ज्यान गएको उनले बताए। उनले ६२ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बताए पनि पुष्टि भने नभएको बताए।

प्रहरीले पछिल्लो तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६ सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ । स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् । रासस

प्रकाशित मिति: २०२२-१२-१८ , समय : ११:३६:३९ , ४ वर्ष अगाडि

error: Content is protected !!