बि.स. : २०८२ माघ २६, सोमबार

मधेश कृषि विश्वविद्यालयले एक वर्ष कागज मै पुरा गरे; अध्यापन समेत सुरु गर्न सकेन

Aarya News Desk 3037  पटक हेरिएको

जनकपुरधाम। मधेश सरकारले स्थापना गरेको मधेश कृषि विश्वविद्यालयले बिना कुनै अध्यापन गराएर एक वर्ष पुरा गरेको छ । अध्यादेश मार्फत मधेश सरकारले स्थापना गरेको कृषि विश्वविद्यालयले मंगलबार एक वर्ष पुरा गरेको हो।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २०७८ मंसिरमा उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेका थिए ।तर विद्यालयमा अहिलेसम्म अध्यापन समेत सुरु गर्न सकेको छैन् ।

प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले २०७८ कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए । पछि प्रदेशसभाबाट यसलाई पारित गरिएको थियो ।

मधेश प्रदेशमा हेर्ने हो भने प्रदेश सरकारले जसरी भए पनि योजना लियाउने र पारित गर्ने गरिएको देखिए पनि सुरु गर्नु भन्दा पहिला नै कागजमा सिमित राखी अलपत्र पर्ने गरिन्छ।

प्रकाशित मिति: २०२२-१२-१६ , समय : १७:५७:३० , ३ वर्ष अगाडि

error: Content is protected !!