बि.स. : २०८२ माघ २७, मंगलबार

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई जापान सरकारको राजकीय सम्मान

Aarya News Desk 1975  पटक हेरिएको

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई आज नेपालस्थित जापानी दुतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गर्न लागेको हो ।

जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’आज अपराह्न ३ बजे वरिष्ठ नेता पौडेलले ग्रहण गर्दैछन्। विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरिएको हो। वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गरेर पहिलो अध्यक्ष बनेका थिए। उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहेका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए।

जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : १२:०१:५५ , ३ वर्ष अगाडि

error: Content is protected !!