बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

राष्ट्रिय भूमि आयोगले आचारसंहिता हटेसँगै लगत संकलन लगायत काम पुनः थाल्ने

Aarya News Desk 1612  पटक हेरिएको

विराटनगर। राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः थाल्ने भएको छ। सोमबारबाट निर्वाचन आचारसंहिता हटेसँगै बुधबारदेखि भूमि आयोगले लगत संकलन लगायत काम सुरु गर्न लागेको हो।

आयोगले मंगलबार सूचना जारी गर्दै अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी बुधबारबाट पुनः सुचारु गरिने जानकारी दिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको थियो। आयोगले आचारसंहिता निष्क्रिय भएको निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : १०:३७:१६ , ३ वर्ष अगाडि

error: Content is protected !!