बि.स. : २०८३ आषाढ ०८, सोमबार

भारतबाट ३४ लाख बराबरको अवैध रुपले नेपालमा चिनी ल्याउने तीन जना पक्राउ

Aarya News Desk 4185  पटक हेरिएको

काठमाडौ। भारतबाट अवैध रुपले नेपालमा चिनी ल्याउने तीन जना पक्राउ परेका छन्। झण्डै ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनी पश्चिम नवलपरासीको सरावल-५को धनगडवाबाट नियन्त्रणमा लिइएको हो।

अवैधरुपमा चिनी ल्याउने प्रतापपुर गाउँपालिका २ घोडाहा बस्ने ४५ वर्षीय धिरेन्द्रकुमार चौधरी, २० वर्षीय किरणकुमार चौधरी र रामग्राम नगरपालिका ७ उजैनीका रोशन चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

लु १ च ५९६३ र लु २ च ६५५३ नम्बरको पिकअपमा ल्याउँदै गरेको चिनीसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई बरामद चिनी तथा गाडीसहित आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : ०७:५८:०२ , ४ वर्ष अगाडि

error: Content is protected !!