बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

नोएडा गाउँमा भीषण आगलागी

Aarya News Desk 3362  पटक हेरिएको

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशस्थित नोएडा गाउँमा भीषण आगलागी भएको छ। आगो धेरै क्षेत्रमा फैलिसकेको छ।

आगलागी भएको जानकारी पाएपछि नोएडाका प्रहरी र दमकल पुगेका छन्। आगलागीको कारण खुलेको छैन। आगो धेरै फैलिएका कारण स्थिति भयावह भएको छ। आगो निभाउने प्रयास भइरहेको स्थानीय प्रहरीले बताएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक दिन पहिले दिल्लीको एक गाउँमा भीषण आगलागी भएको थियो। उक्त घटनामा पनि करिब २५ वटा झुपडी जलेर नष्ट भएको थियो।

उक्त घटनामा मानवीय क्षति भने भएको छैन।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ०८:१७:२४ , ४ वर्ष अगाडि

error: Content is protected !!