बि.स. : २०८२ माघ २६, सोमबार

पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागे

Aarya News Desk 3061  पटक हेरिएको

विराटनगर। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

यसदिन नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेर बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ६.२८ अंकले घटेर ३६७.३६ विन्दुमा अडिएको छ।

आज २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको सेयर कारोबार भयो। २४ हजार ६४४ पटक कारोबार भएको हो। कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्।

आज बैंकिङ समूहको सूचक सर्वाधिक २.३० प्रतिशतले घटेको छ। डेभलपमेन्ट बैंक,फाइनान्स, होटल्स एन्ड टुरिजम, हाइड्रोपावर,इभेस्टमेन्ट, मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक १ प्रतिशत बढिले घट्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनी १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँको सेयर खरिदबिक्री भयो। दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा २ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सीवाईसी लघुवित्त वित्तीय र समिट लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

प्रकाशित मिति: २०२२-१२-११ , समय : १६:४६:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!