बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव

Aarya News Desk 3731  पटक हेरिएको

युक्रेन । युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा ‘दबाब बढाउने’ बताएकी छन्

‘रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको सुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ। हामी युक्रेनको पक्षमा उभिरहेका छौं र हामी रूसलाई यसको क्रूरताको लागि जवाफ दिदैछौँ,’ उर्सुला भोन डरले बताइन् ।

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनि सहित २०० थप व्यक्ति र संस्थाविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : १२:५४:१३ , ४ वर्ष अगाडि

error: Content is protected !!