बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

एक घरमा बिहेको क्रममा आगलागी हुँदा पाँच जनाको मृत्यु

Aarya News Desk 3597  पटक हेरिएको

राजस्थान। राजस्थानको जोधपुरमा बिहीबार एक घरमा बिहेको क्रममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । यस आगलागीमा हालसम्म प्राप्त जानकारी अनुसार ५५ जना घाइते भएका बीबीसी समाचारमा उल्लेख छ।

जोधपुरको शेरगढ थाना क्षेत्रमा बिहीबार साँझ चारवटा सिलिन्डर विस्फोट हुँदा ठूलो दुर्घटना भएको हो। जलेर हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । घाइते ५५ जजनाको जोधपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

शेरगढ प्रहरी चौकीका इन्चार्ज देवेन्द्र सिंहले भने, ‘शेरगढ थाना क्षेत्रको भुंगरा बस्तीमा विवाह समारोह चलिरहेको थियो, त्यही क्रममा चारवटा सिलिण्डर विष्फोट भएको थियो ।’

जोधपुर ग्रामीण एसपी अनिल कुमारका अनुसार ग्यास चुहावटका कारण सिलिन्डर विष्फोट भएको हो। उनले अस्पतालमा भर्ना भएका २५ जनाको अवस्था गम्भीर रहेको र उनीहरु ६० प्रतिशतभन्दा बढी जलेका बताए।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : ११:५८:५८ , ४ वर्ष अगाडि

error: Content is protected !!