बि.स. : २०८३ साउन १५, शुक्रबार

नेपाली बजारमा सुनको भाउ बढे

Aarya News Desk 4412  पटक हेरिएको

विराटनगर। नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन बुधबार दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ५ सय रुपैयाँले बढेको हो।आज तेजावी सुनको मूल्‍य ९७ हजार ६ सय कायम गरिएको छ।

यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३३० पुगेको छ।

प्रकाशित मिति: २०२२-१२-०१ , समय : १२:०४:४५ , ४ वर्ष अगाडि

error: Content is protected !!