बि.स. : २०८३ साउन १५, शुक्रबार

सेयर बजार निरन्तर ओरालो लागे

Aarya News Desk 4070  पटक हेरिएको

विराटनगर। सेयर बजार निरन्तर ओरालो लागेको छ।

सेयर कारोबारको दोस्रो दिन सोमबारदेखि ओरालो लागेको बजार आजसम्म जारी रह्यो। आज नेप्से परिसूचक ३.५१ प्रतिशतले घटेको छ। नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा अडिएको छ।

नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँको सेयर कारोबार भयो। यसदिन २२८ कम्पनीको १५ हजार ६१९ पटकको कारोबारमा २३ लाख ५५ हजार ८४५ कित्ता सेयर खरिदबिक्री भए।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४ करोड ७९ लाख ३४ हजार ४२३ रुपैयाँको सेयर कारोबार भयो। ४ करोड १५ लाखको कारोबार गरी नविल बैंक दोस्रो स्थानमा र ३ करोड बढीको सेयर कारोबार गरी नेष्डो समृद्धि लघुवित्ती वित्तीय संस्था तेस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने २ को बढ्यो। फाइनान्स समूहको सूचक सर्वाधिक १.०९ प्रतिशतले घट्यो। ११ समूहको सूचक ओरालो लागेको सेयर बजारमा माइक्रोफाइनान्सको ०.०१ र ट्रेडिङ समूहको ०.८८ प्रतिशतले सूचक बढेको हो।

 

प्रकाशित मिति: २०२२-११-३० , समय : १५:४६:१३ , ४ वर्ष अगाडि

error: Content is protected !!