बि.स. : २०८२ माघ २६, सोमबार

बेपत्ता भएका ५० वर्षीय राउतको हत्या

Aarya News Desk 2750  पटक हेरिएको

सप्तरी। सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो ।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए ।

‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने। रासस

प्रकाशित मिति: २०२२-११-३० , समय : १०:४८:३६ , ३ वर्ष अगाडि

error: Content is protected !!