बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ

Aarya News Desk 1716  पटक हेरिएको

झापा। झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती गाउँपालिका-१ निवासी ३२ वर्षीय अर्जुन तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँचको क्रममा उनीहरूलाई मेचीनगर (७ बाट ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रकाशित मिति: २०२२-११-२७ , समय : १३:३५:०४ , ३ वर्ष अगाडि

error: Content is protected !!