बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थान

Aarya News Desk 4745  पटक हेरिएको

विराटनगर। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। दोस्रो स्थानमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्रले लिड गरिरहेको छ।

७३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म २८ स्थानमा कांग्रेसले विजयी हासिल गरेको छ। यस्तै एमालेले १६ स्थानमा जितिसकेको छ।

माओवादी केन्द्रले ८ र समाजवादीले ७ स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा निर्वाचित भएको छ। राप्रपाले २, जसपाले १ स्थानमा जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ स्थान जितेको छ। राष्ट्रिय जनमोर्चा, लोकातान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले १-१ स्थान जितेको छ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १३:०४:२४ , ४ वर्ष अगाडि

error: Content is protected !!