बि.स. : २०८२ माघ २६, सोमबार

रवीन्द्र मिश्रलाई पराजित गर्दै प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित

Aarya News Desk 1943  पटक हेरिएको

विराटनगर। नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भएका छन्। राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै सिंह यो क्षेत्रबाट चौथो पटक सांसद बनेका हुन्।

उनले ७ हजार १३९ मत प्राप्त गरेका छन्। मिश्रले ७ हजार ११ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सिंह निर्वाचित भएको औपचारिक घोषणा भने गरेको छैन।

२०७४ को चुनावमा यही क्षेत्रमा सिंहसँग मिश्र ८१८ मतले पराजित भएका थिए।

प्रकाशित मिति: २०२२-११-२२ , समय : ०९:२३:१७ , ३ वर्ष अगाडि

error: Content is protected !!